आश्विन ५,काठमाडौं

शिक्षाक्षेत्रका तमाम समस्याहरु मध्ये राहात शिक्षक हरुको समस्या पनि एक जटिल समस्या बन्दै गैरहेको छ|शिक्षकहरुका थुप्रै माग लिएयर देशभरका १७ थरि शिक्षक र बिद्यालय कर्मचारी लाइ समेत साथमा लिएर आफ्नो आन्दोलन चर्काइ रहेको माहासंघ अहिले आएर केहि थरि स्थायी शिक्षक हरुका केहि थान माग सम्बोधन हुने देखे पछी राहात र अन्य शिक्षक हरुलाई लात हान्दै आन्दोलन फिर्ताको घोषणा गरि रहेको छ | बिगत २महिना देखि स्थानीय तह, समन्वय इकाई हुँदै राज धानी छिरेको माहासंघ अहिले एक धोकेवाज संस्थाको रुपमा शिक्षकहरु बीच चिनियको छ| आफ्नो जीवन को सुरुवाती कालमा देश ब्यापी आन्दोलन चर्काएयर आफ्नो साम्र्याज्य स्थापाना गर्न लालायित माहासंघ लाइ राहात शिक्षकको आन्दोलन नरोक्ने घोषणा पैतालाको काँडा बनेको छ |

हिजो आश्विन चार गते गरिएको सात बुंदे समहमति पत्रमा राहत शिक्षक प्रतिनिधि खेमराज अधिकारीले असहमति जनाउदै बार्ता स्थल बाट निस्किए पछी परिस्थितिले फरक मोड लिएको हो |राहत शिक्षक लाइ बर्ग बिभाजन गर्दै गोल्डेन हेन्ड सेक लगायत योगदान मा आधारित अनुदान जस्ता बिषयमा सम्झौता मौन देखिएपछी केन्द्रिय समितीको अह्वाहन मा देश भरका राहत शिक्षकहरु निरन्तर आन्दोलनमा रहेका हुन् भने देश भर बाट पनि थप शिक्षकहरु राजधानी आउने ओइरो चलिरहेको छ|जीवन मरणको नारालाई आत्मासाथ गर्दै राहात शिक्षक हरु र बिद्यालय कर्मचारीहरु राजधानीका माइतीघर लगायतका स्थानमा तातो घाम .बदलिदो ऋतु र त्यसबाट स्वास्थ्यमा पर्ने प्रतिकुल असरका बाबजुद लडिरहेका छन् ,कहिले जुलुस ट कहिले,गित संगीत,आदिजस्ता माध्यमबाट राहात हरु आन्दोलन गरिरहेका छन् |