वित्तीय प्रणालीमा २० अर्ब पठाउँदै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले २००० करोडको रिपो जारी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै २००० करोडको १४ दिन अवधिको रिपो जारी गर्ने जानकारी दिएको हो ।
वित्तिय क्षेत्रमा तरलता अभाव भइरहेका बेला राष्ट्र बैंकले थप तरलता बजारमा पठाएको हो । उक्त रिपोमा क, ख ग वर्गका वित्तिय संस्थाले भाग लिन पाउनेछन् ।
राष्ट्र बैंकको बोलपत्रको मापदण्ड पुरा गरेका वित्तिय संस्थाले १४ दिनसम्म उक्त पैसा चलाउन पाउनेछन् । उक्त रिपो बुधबार दिउँसो ३ बजे खुल्ला हुनेछ । केहीदिन अघिमात्रै बैंकले तरलता व्यवस्थापनकै लागि भन्दै ३० अर्ब रुपैयाँ बजार पठाएको थियो ।