बेमौसममा परेको झरीका कारण करोडौको धानबाली नष्ट कृषक चिन्तित
पर्बत ,कार्तिक ३,
अस्वाभाविक रुपमा एक्कासि भित्रिएको मनसुनका कारण देशभर को जनजीवन अत्यन्तै कस्टकर बनिरहेको छ |नेपालीमात्रको महान चाड विजयादशमीको लगत्तै भित्रिएको मनसूनको कारण आफन्तको मा गइ टिका थाप्ने प्रायजसो यात्रुहरु पृथ्वी लोक मार्ग लगायत मुलुकका सम्पूर्ण जसो सडकको यात्रा अत्यन्तै कस्टकर रह्यो| सडकका खाल्डा खुल्टिहरु र त्यसमा जमेको पानि र माथिबाट परेको कडा बर्षाका कारण प्राय दुइ पांग्रे सवारीसाधन मा यात्रा गर्ने यात्रुहरु र ले अत्यन्तै सास्ती खेप्नु परेको थियो |
यता वर्षा भरीलाई खानाको जोहो गर्न किसानले लगाएको धानबाली लाइ पनि यो बर्षाले ठुलो क्षति पारेको देखियो |अघौटे बालीलाई काटेर सुकाएको निईन् पानीमा डुबेर सड्ने अवस्थामा पुगेकाछन भने त्यस्तै पराल कामै नलाग्ने गरि कुहिएयर पानीमा तैरिरहेका देखिन्छन | पछौटे धान कोदो पनि फूली रहेको फूलमा झरीले हान्दा फूल झरी पुस्ट दाना नलाग्ने स्पस्ट छ | समग्रमा हेर्दा यस बर्षको दशैं लाइ कोरोनाको असर त छदै थियो त्यस माथिपनि महंगा खसी च्यांग्रा अनि बेमौसमको पानीको कारण नरमाइलो र असहज रुपले मनाउन बाध्य रहे नेपालीहरु |
सबै भन्दा बढी प्राभाब पश्चिम नेपालका बाँके,बद्रिया ,कैलाली कन्चनपुर् ,नव र चितवन हुँदै अन्य तराइ भेकका भू-भागरुमा रहेको अघौटे बालि कामै नलाग्ने गरि भिजिसकेको छन् भने पहाडी भेकका बालीहरु पनि ढलेर सोत्तर जस्तै बनेका कारण अन्नको दाना पुस्ट नहुनुको साथै नल पराल मा पनि क्षति भएको स्पस्ट छ |