देबपुर भबर्कोटमा भब्य रुपमा सहकाल पूजा सम्पन्न गरियो
कार्तिक ६,पर्बत
परा पूर्ब कालदेखि देउपुर,देउरालीका बासिन्दाले पूजा गर्दै आएको यस मन्दिर र्धार्मिक हिसाबले जति महत्वपूर्ण छ त्यो भन्दा बढी पर्यटकीय दृष्टिले महत्व पूर्ण देखिन्छ,राजाका रघुदत्त मल्लको पालामा गृष्मकाल मा माथि लेक बाट र हिउदकालमा बेसी मैदान बात शासन संचालन गर्ने गरिन्थ्यो \ |बर्षमा दुइ पटक पूजिने यस मन्दिरमा कार्तिक र चैत्रमा पूजिने गरिन्छ |कार्तिकको पूजालाई सहकाल पूजा र चैत्रको पूजालाई ग्रीष्मकालीन पूजा भनिन्छ |कार्तिकमा पूजा गर्दा किसानको खेतीबाली सुरक्षित भित्र्याउन पाइयोस झरि बादल असिना नहोस भनि गरिन्छ भने चैत्रमा उचित समयमा बर्षाको माग गर्दै यो पूजा गर्ने गरिन्छ |
माथि बस्दा भूमे पूज्ने र बेसी बस्दा कालिका पूज्ने रघुदत्तको पाला देखिको चलन हाल सम्म पनि शक्ति पीठको रुपमा संचालन गर्दै आइरहिएको छ | भूमे पूज्दा बोको काटेर बलि दिने परमपरा छ | जति नै ठुलो खडेरी परेपनि देउपुरे भूमे पूजेपछी भिषण हावा हुरी सहित अद्यावधि पानी पर्ने गरेको छ स्थानीयहरू बताउछन् | भने कास्की पर्बत बाग्लुंग र म्याग्दीका केहि भागका बासिन्दाहरु पनि यो सत्य स्विकार्दछन |उत्तरतिर हेर्दा अन्नपूर्ण हिम शृंखला पूर्वतिर लुम्ले सल्यान र पन्चासे त्यस्तै दक्षिण पश्चिमतिर तलतल बेसीमा देखिने लस्करै धुवाकोट सम्मका पहाडी शृंखलाहरुको दृश्य निकै नै मनमोहक देखिन्छ |