एमसीसी पास गर्दछौ भनेर पत्र पठाएको होइन बरु हुदैन भनिएको हो
नेकपा माओबादिकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यहि अवस्था र यहि सर्तमा एमसीसी कुनैपनि हालतमा पास नहुने कुरा स्पस्ट पार्नु भएको छ | प्रधानमन्त्रिले खै कहाँ कसरि भन्नुभयो भनेर संचारमाध्यममा गयो ? यहि बारेमा प्रधानमन्त्रीले स्वयम् मैले त्यस्तो भनेको त् हैन भन्नुभएको छ भनि उहाले बताउनु भएको छ |
बिदेशी सहयोग लिन नै नहुने भन्ने होइन बरु एमसीसी सुरु हुँदा सेरबहादुर देउवा नै प्रधानमन्त्री हुनुहुन्थ्यो ,हामी पनि सरकारमा थियौं सुरुमा संसदबाट पास गर्नुपर्ने ऐन को रुपमा लैजाने जस्ता अनौठा कुरा थिएनन तर पछी बिचमा यी सब कुरा कसरि थपिए ! हामि त्यस बारेमा गम्भीर भएर लागेका छौ |
ढुक्क भएर बस्नुहोस रास्ट्रिय हित बिपरितका कुरा यथाबत राखेर कुनै पनि सन्धि सम्झौता गरिन्न र हुने छैनन् बरु जनहित,रास्ट्र हित लाइ केन्द्र बिन्दुमा राखेर मात्र हरेक काम गरिने छ |एमसिसिकै सवालमा कुरा गर्दा अमेरिकालाई पठाएको पत्र यहि र यसरि पास गर्न सकिदैन बरु रास्ट्रहित बिपरितका कुराहरुलाई रास्ट्रिय हितमा हुनेगरी कायम गरेर नेपाल रास्ट्र को हितमा हुने गरि मात्र गर्न सकिने छ भनेर पत्र पठाएको कुरा बताउनुभयो यसको लागि थप समय लाग्नेभए बरु लागोस हामीले भनेका थियौं |