मागपत्र बुझाउने शिक्षकलाई किन थर्काए अर्थमन्त्री जनार्दनले ?
कार्तिक २७,पोखरा
एकीकृत अखिल नेपाल शिक्षक संगठन गण्डकी प्रदेशको दोश्रो प्रदेश परिषद लाइ सम्बोधन गर्न प्रमुख अतिथिको रुपमा आउनु भएका नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले शिक्षकहरुको माग सुनिसकेपछि शिक्षक हरुलाई राम्ररी हपारे | शिक्षकहरुका मागहरुको सवालमा आफू अत्यन्तै गम्भीर हुँदाहुँदैपनि अब केहि गर्न नसकिने बताउनुभएको छ |राज्यको अर्थतन्त्र खोक्रो बन्दै गैसकेको सन् धर्व्हामा आफुले चाहेका थुप्रै कुराहरु गर्न नसकिरहेको बताउनुभयो | सबै काम गर्नको लागि पहिले राज्य कोषमा रकम हुनुपर्यो कागजी र किर्ते काम गर्दै गफ लगाउदै आफू नहिड्ने उहाले बताउनुभयो |
गणतन्त्र आयो हामीले के प्राप्त गर्यौ त् भन्ने प्रश्नको उत्तरमा उहाले मौलिक अधिकार ,संघियता ,उचित पारिश्रमिक समायोजन ,शिक्षक पोशाक लगायत अहिले आएर छत्तिस सालदेखिको शिक्षकको शिक्षक हस्पिटल को कुरा अघिल्ला देखि अहिले सम्मका गणतन्त्र पछिका शिक्षा मन्त्रि ले गरेको र अब छिट्टै शिक्षक हस्पिटल बन्ने जसको लागि बजेट बिनियोजन गरिएको मात्र नभई जग्गा खरिदको लागि स्थान खोजि भै रहेको कुरा समेत उहाँले बताउनुभयो |
शिक्षा,स्वास्थ्य,सुचना र मौलिक अधिकार जस्तै अबको आवस्यकता खाद्यसम्प्रुभता प्रमुख रहेको उहाले बताउनुभयो | शिक्षकले पहिले बिद्यालय र आफुले अध्यापन गराएका बिद्यार्थी सक्षम बनाउनु पर्यो त्यसपछि त्यस्ता बिद्यालय र शिक्षकको बारेमा सरकार गम्भीर बन्ने भएकोले सोहि कार्यमा लाग्न शिक्षक हरुलाई निर्देशन दिनुभयो |