मोदी गाउपालिकाको गाउ कमिटीमा कमरेड कृष्ण बहादुर क्षेत्री
मङ्सिर १२ पर्बत,
देशभर आज एकसाथ नेकपा माओबादिकेन्द्रले गाउपालिका अधिबेशन सम्पन्न गरेको छ | उक्त अधिबेशनको उद्घाटन सो पार्टीका अदक्ष्य प्रचण्डले अनलाइन माध्यम बाट गर्नुभएको थियो | अध्यक्ष को उद्घाटन पश्चात संचालित उक्त अधिबेशनहरु ले देशभरका स्थानीय निकाय गाउ नगरमा आगामी बर्षका लागि नेतृत्व चयन गरेको छ | अधिभुतबाद होइन जससँग जोश छ र संगठन बनाउने हिम्मत छ नेतृत्व उसैको भन्ने बिचारलाई अधिकांश स्थानहरुमा ब्यबहारमा देखिएको छ अहिलेको माओबादी अघिबेशन हरुमा एक अग्रज बामपन्थी नेता तुलसी गिरीले आज पर्बतकोमोदीमा आयोजित माओबादी केन्द्रको गाउअधिबेशनमा सम्बोइधन गर्दै बताउनुभयो |
मोदी गाउपालिकाका आठ ओटै वार्द्बात जम्मा १६० प्रतिनिधि तथा पर्यबेक्षक गरि झन्डै २५० भन्दा बढी नेता तथा कार्यकर्ता हरुको प्रतिनिधित्व तथा उपस्थिति रहेको उक्त अधिबेशन ले ५५ सदस्यीय गाउ कमिटि १० सदस्यीय सल्लाहाकार समिती चयन गरेको छ | झन्डै निर्वाचन गर्नुपर्ने स्थितिमा पुगेको उक्त अधिबेशन मा बिशेस पहल कदमी क कारण सहमिति कायम गरि सर्बसम्मत बनेको थियो |
अधिबेशनमा आर्थिक तथा राजनीतिक प्रतिबेदन समेत प्रस्तुत गरि पास गरिएको थियो |सोहि अधिबेशनले आगामी मङ्सिर २५/२६ मा हुने प्रदेश अधिबेशन को लागि प्रदेश प्रतिनिधि समेत चयन गरेको छ ,जसमा गङ्गा तिमिल्सिना,मनन बहादुर क्षेत्री,कृष्ण बहादुर सुबेदी र चन्द्रा शर्मा रहनुभएको छ |