एकीकृत अखिल नेपाल शिक्षक संघ पर्बतको बिस्तारित बैठक सम्पन्न मुलुकको वर्तमान स्थितिको गम्भीर विश्लेषण
फाल्गुन २१ पर्बत
एकीकृत अखिल नेपाल शिक्षक संघ पर्बतले आज कुश्मा स्थित आफ्नो कार्यालयमा आफ्नो बिस्तारित बैठक सम्पन्न गरेको छ | माओबादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य केशब कुँवर (शिर्जनसिल ) प्रमुख आतिथ्यता तथा यु.ए.एन.टो.केन्द्रिय सदस्य पूर्णचन्द्र काफ्ले को अदक्ष्यता बसेको उक्त बैठकको संचालन जिल्ला सचिब भागिरथ अधिकारीले गर्नुभएको थियो |जिल्लाका सबै पालिकाका पधादिकारिको उपस्थिति रहेको उक्त बैठकमा मुलुकको बर्तमान राजनीतिक अवस्थाका बारेमा घनिभूत छलफल भएको थियो |
बर्तमान विषम अवस्थामा एमसीसी पास गर्नु र पास गर्नुपर्ने कारण तथा पार्टीका पुराना अडान अनुसार एक इन्च पनि पछी नहटि व्याख्यात्मक बुदा सहित पास गरिएको र यसले देशमा बिनाशर्त एमसीसी पास गराई बिदेशीहरु कोरण भुमि हुने खतराबाट समेत मुलुक लाइ बचाउन पार्टी कमिटी सफल रहेको मुलुकको दुर्दशा हेर्न चाहने तथा मौका ढुकेर बसेका केहि अवसर बादीको निद हराम भएको छ भने केहि संगठनको बुझाइमा समस्या आएको कुरा को बारेमा समेत बहस भएको थियो | उक्त बैठकमा सहभागी सम्पूर्ण सहभागीहरुलाई बोल्ने अवसर दिएको थियो भने सो अवसरमा उठेका प्रश्नको उत्तर क.सिर्जनसिल र क. शंकर गिरीले दिनुभएको थियो |
सो बैठकमा बर्तमान शिक्षामन्त्री देबेन्द्र पौडेल ले गरेका कामहरुको स्वागत गर्नुको साथै पुनर्बहाली भएका शिक्षकहरुलाई बधाई ज्ञापन गरिएको थियो भने इसिड़ी शिक्षिकाहरुको सेवा समय तथासेवा सुबिधाको बारेमा पनि थप माग पनि गरेको कुरा इसिड़ी शिक्षिका शर्मिला पुरीले बताउनुभयो| आफ्नो पेशागत हक हित को लागि संघर्षरत रहनका साथै हाल मोदी लगायतका पालिकामा भएका अनियमित दरबन्दी कटौती तथा बिना मापदण्ड शिक्षक सरुवा भैरहेको बारेमा समेत थप छलफल भएको थियो |सोहि बैठकमा युएएनटिओ केन्द्रिय कार्यालय को भवन निर्माणको लागि सहयोग संकलन गर्ने समेत निर्णय भएको थियो|
१ टिप्पणी
viagra prospecto singulair 4 mg Belgian kings and 53 year old Philippe will be the seventh do plenty of handshaking and ribbon cutting, but also appoint mediators and potential government heads to steer coalition talks after elections, no small task in Belgium want to buy priligy in pakistan Kawano Y, Kypta R